काठमाडौँ । आधुनिक जीवनशैली तथा असन्तुलित भोजनका कारण मानिसको तौल असान्य रुपमा बढ्ने समस्या देखिएको छ।
तौल घटाएर शरिरलाई फिट राख्ने चाहना हर कोहीले हुने गर्दछ। तर जति प्रयास गर्दा पनि तौल नघटेका कारण धेरै मानिस तनावमा हुने गर्दछन्। यदी तपाई पनि ती व्यक्तिमा पर्नुहुन्छ ? आज हामी तपाईलाई तौल घटाउने केही सरल उपायका बारेमा जानकारी दिदैछौँ ।
अण्डा र पालुङ्गो
वजन कम गर्नमा अण्डा निकै फाइदा जनक हुने गर्दछ। यसलाई बिहान खाजामा खाने हो भने दिनभर भोक लाग्दैन्। जस कारण हामी फाल्तुमा क्यालोरिनयुक्त खानेकुरा खानबाट बच्ने गर्दछौँ ।
अझै तपाईले अण्डाका साथ पालुङ्गो पनि सेवन गर्नुभयो भने वजन दोब्बरले घट्न थाल्दछ। अण्डामा हुने प्रोटिन र पालुङ्गोमा हुने आयरनका कारण वजन घटन निकै सहज हुने गर्दछ।
स्याउ र पीनट (बदाम) बटर
बदामबाट बनेको पीनट बटर प्रोटिनको राम्रो स्रोत हो। यसमा पाइने म्यानोेस्याचुरेटर र पोलीस्याचुरेटर फ्याटले भोकलाई नियन्त्रणमा राख्ने काम गर्छ।
यसले तपाईको मेटोबोलिज्म पनि मजबुत हुने गर्दछ। यदी तपाईले पीनट बटरका साथ स्याउ खानुभयो भने वजन गर्ने गति अझ तिब्र हुने गर्दछ।
तातो पानी र कागती
यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनुहुन्छ भने तपाईको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन । साथै यसले बढ्दो मोटोपन नियन्त्रण गर्नुका साथ तौल घटाउन पनि सहयोग गर्दछ।
तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता बढाउनुका साथसाथ शरीरलाई फिट राख्नमा पनि मद्दत पुर्याउने काम गर्दछ।
कागती र ग्रिन टी
वैज्ञानिकहरुले गरेको एक अध्ययन अनुसार ‘ग्रिन टी’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ। साथै यसले तौल नियन्त्रणमा पनि सहयोग गर्ने गर्दछ।
ग्रीन टीले शरीरमा मेटाब्लोजिम बढाएर तेज गराउने काम गर्दछ। जसमा कागती र ग्रिन टी एक साथ मिलाएर सेवन गर्दा तिब्र गतिमा तौल नियन्त्रणमा आउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
