नेपालमा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि, ५ हजार ४५५ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप दुई हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर नौ हजार ५८६ जनाको पीसीआर र चार हजार ७६५ जनाको एन्टिजेन गरी कूल १४ हजार ३५१ जनाको कोरोना परीक्षण भएको थियो।

तीमध्ये पीसीआर विधिबाट एक हजार ७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ६१ हजार ८४१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ४८८ जना निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ। निको भएको यो दर ९१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको ज्यान गएको छ। यो सहित हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।

More News last news
Loading...