काठमाडौँ । विरामी भएको बेला प्रायः खानाप्रति अरुचि हुन्छ। विरामी भएको बेला खानेकुरामा ध्यान दिन सकेन भने उल्टै रोग बल्झने खतरा समेत रहन्छ।
कस्तो रोग लाग्दा कुन प्रकारका खानेकुरा खानुपर्छ यसको बारेमा जानकारी राख्नु जरुरी हुन्छ। यी ८ प्रकारका खाजा विरामी भएका अवस्थामा विर्सेर पनि खानु हुँदैन।
कफीः पेटमा जुका लागेको बेला कफी खानु हुँदैन। कफीमा रहेको काफीन तत्वका कारण लगातार पिशाव फेर्नु पर्ने समस्या हुनसक्छ र यसले शरीरमा पानीको मात्रा घटाउँछ।
चिकित्सकका अनुसार पखाला र बान्ता भएका बेला कफी खान हुँदैन । काफीनका कारण शरीरमा तरलपर्दाथ कम हुनजान्छ र यसले पाचन प्रक्रियामा समेत प्रभावित पार्छ।
सुन्तालाको जुसः विरामी भएको बेला प्रायः फलफूलको जुसको रुपमा सुन्तलाको जुस खुवाउने चलन छ। तर खोकी र घाँटी दुखेको अवस्थामा सुन्तलाको जुस खानुहुँदैन।
सुन्तलाको जुसमा धेरै मात्रामा एसिडिडी हुने गर्छ। खोकी चलिरहेको बेला सुन्तला जुसले घाँटीमा असर गर्नसक्छ। जुसमा साइट्रिक एसिड हुने कारण पनि घाँटीभित्र सुनिने खतरा हुन्छ।
गुलियो पदार्थः पेट दुखेको बेला गुलियो पदार्थ खान हुँदैन । गुलियो पदार्थले रगतमा रहेको सेतो रक्तकोष कम गर्ने गर्छ जुन रोगसँग लड्ने क्षमता बढाउँछ ।
खाजा खाँदा कुकिज, क्यान्डी र गुलियो पदार्थहरु धेरै खाँदा यसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । यसकारण रोग बल्झने खतरा हुन्छ।
कडा खानाः खोकी र घाँटी दुखेको बेला कडा खाले खाना खानु हुँदैन । टाँसेर बनाउने चीज जस्तै आलु चिप्सहरु खानु हुँदैन । यो एक प्रकारको खस्रो पेपर जस्तो हुन्छ जसले घाँटीमा नराम्रो असर गर्छ।
रक्सीः जुका लागेको वा कुनै प्रकारको विरामी अवस्थामा अल्होलिक पदार्थ खानु हानिकारक हुन्छ । अल्कोहलले पनि शरीर निर्जल बनाउँछ । यसले खाना पचाउन मद्दत गर्छ । यसले तरल दिसा र पखालाको समस्या हुन्छ।
पेटमा जुका परेका बेला गुलियो चीजले जुका बढ्न झन् मद्दत गर्छ जसका कारण दिसा पातलो हुने र पखालाको लाग्ने हुनसक्छ।
पिरो खानाः रुघा लागेको बेला पिरो खानेकुरा खानु हुँदैन । यसले नाकभित्र पोल्ने खतरा रहन्छ । यदि नाकबाट सिंगान बगिरहने समस्या छ भने पिरो खानेकुरा नखानु नै राम्रो हुन्छ।
सोडाः पेटमा जुका र विरामी भएको अवस्थामा सोडा पानी खान हुँदैन । कफीले जस्तै सोडाले पनि शरीर सुख्खा बनाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
