पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना पुष्टि, ८१ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौँमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ। हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन्।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ३ हजार २३४ जना रहँदा अरु संक्रमित होम आइसोलेशनमा रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको र अरु प्राप्त हुन बाँकी यसअघि नै तथ्यांक हो।

More News last news
Loading...