नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना पुष्टि, ४१ को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ।

हालसम्म ८ हजार ८१३ जनाले कोभिड-१९ बाट ज्यान गुमाइसकेका छन्। नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ।

More News last news
Loading...