काठमाडौँ । सवै महिलालाई आफ्नो सुन्दरताको चिन्ता हुने गर्छ। त्यसैले हामी सबैले अनुहारको सुन्दरता बढाउनका लागि विभिन्न उपाय अपनाउने गछौँ। आफ्नो अनुहारको सुन्दरताका लागि ध्यान दिदा दिदैपनि केही न केही समस्या आइरहन्छन्।
प्रायजसो महिला समय नपुग्दै बुढी देखिन लाग्छन्। उमेर नपुग्दै बुढी हुनुमा हाम्रा केही नराम्रा बानी पनि हुन्छन्। जसले हाम्रो त्वचामा नराम्रो असर गर्छ र समय अगावै बुढी बनाइदिन्छ।
आज हामी तपाईलाई केही यस्ता बानीका बारेमा जानकारी दिदैछौँ। जसले समय अगावै मानिसलाई बुढो देखाउने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती बानी ?
स्ट्रो ( पेय पदार्थ पिउने प्लास्टिकको पाइप) बाट पिउनु : धेरैजसो महिला लिपिस्टिक खराब हुने डरले पेय पदार्थ पिउनका लागि स्ट्रोको प्रयोग गर्ने गर्छन्। स्ट्रोको प्रयोग गर्दा ओठ आसपासको भाग खुम्चिन थाल्छ। जसले विस्तारै विस्तारै तपाईको अनुहारलाई बुढो बनाइदिन्छ। त्यसैले जुस वा कुनै पनि पेय पदार्थ पिउँदा स्ट्रो बिना नै पिउनु राम्रो मानिन्छ।
पेट थिचेर सुत्नु : धेरै जसो युवतीको बानी हुन्छ तकिया पक्रेर पेटको बलमा सुत्नु । उनीहरुको यस्तो गलत बानीको प्रभाव उनीहरुको अनुहारको छालामा पर्ने गर्छ। जसले गर्दा विस्तारै विस्तारै अनुहारको छाला खुम्चिन थाल्छ। जो पछि बुढ्यौलीमा परिनत हुन्छ। त्यसैले कहिलै पनि पेट थिचेर सुत्नु राम्रो मानिदैन्।
गलत तरिकाले बस्नु : यदी तपाई गलत तरिकाले बस्ने गर्नुहुन्छ भने तपाईको ढाडको हड्डि र मांसपेशी खुम्चिन थाल्छ। यसले तपाईमा झुक्ने आदत बढ्न थाल्छ। जसका कारण मानिसलाई यसले समय अगावै बुढो देखाउन थाल्छ। त्यसैले बस्दा सधैँ सही तरिकाले बस्नु पर्छ।
कम फ्याट भएका खाना : आजभोलि धेरै जसो युवतीहरु आफ्नो फिगर मेन्टेन गर्न हर प्रयास गर्ने गर्छन्। प्राय:जसो युवती आफ्नो फिगर मेन्टेनका लागि घरदेखि बाहिरसम्म कम फ्याट भएका खानेकुराको सेवन गर्ने गर्छन्। जसबाट उनीहरु राम्रो लुक्स पाउन चाहन्छन्। तर यस्तो बानीले राम्रो लुक्स दिनुको साटो उल्टै समय अगावै बुढो देखाउन थाल्छ।
त्यसैले फिगर मेन्टेनका लाग भन्दै निकै कम फ्याट भएका खानेकुरा खानुभन्दा सत्नुलन कायम गरेर राम्रोसँग स्वस्थ र ताजा खाना खानमा जोड दिन आवश्यक छ। खानामा राम्रो ध्यान राख्न सकेमात्र पनि उमेर ढल्किदा समेत जवान देखिन सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
