काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ।
हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन्। यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन्।
यही अवधिमा थप ४६ जनाले कोभिड-१९ को संक्रमणबाछ ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
