यस्ता लक्षणलाई नगर्नुहोस बेवास्ता, हुनसक्छ मुटुसम्बन्धी यस्तो रोगको संकेत

काठमाडौँ । मुटुको धड्कन छिटो-छिटो भयो भने वा अस्वभाविक धिमा भयो भने त्यसलाई राम्रो मानिदैन। यसले गंभिर रोगको संकेत गर्छ।

मुटुको चालमा गडबडी भएमा त्यसले फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्कलाई समेत प्रभावित बनाउँन सक्छ। सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०-९० प्रति मिनेट हुन्छ।

Advertisement

यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन।यदि हामी मुटुका रोगी छौ भने मुटुको विद्युतिय प्रणाली प्रभावित हुन्छ र धड्कन तिब्र हुन्छ। यदि सामान्य अवस्थाका व्यक्ति छौं भने विद्युतिय संकेतमा खराबी भएर टेककार्डियाको समस्या भएको हुनसक्छ।

इनएप्रोप्रीएट साइनस टेककार्डियाः यो मुटु सम्बन्धित एक समस्या हो। टेककार्डिया, शरीरको सामान्य प्रतिक्रियाको हिस्सा हुनसक्छ। अक्सर चिन्ता, ज्वरो वा रक्तश्राव आदिको अवस्थामा मुटुको गति बढ्छ।

अन्य अवस्थामा मुटुको चाल तिब्र भयो भने त्यसले थाइराइड वा हाइपरथाइराइडिज्मको संकेत गर्छ। कहिले काहिँ निमोनिया हुँदा सास फेर्न समस्या हुन्छ, त्यसबेला पनि मुटुको चाल तिब्र हुन्छ।

रोगको लक्षणः टेककार्डिया साइनस र नन साइनस दुई प्रकारको हुन्छ। साइनस टेककार्डिया एप्रोप्रीऐट साइनस टेककार्डिया र इनएप्रोप्रोएट साइनस टेककार्डिया दुई प्रकारको हुन्छ।

यस्तो समस्यामा मुटुको चाल तिब्र हुने, छाती दुख्ने, थकान अनुभव हुने, पसिना आउने लक्षण देखापर्छ।रोगको उपचार–आइएसटीका रोगीले शारीरिक श्रम गर्नु हुँदैन। इनएप्रोप्रीएट साइनस टेककार्डिया लामो समयसम्म रहने समस्या हो। यसैले यसको उपचार क्रमिक रुपमा गर्नुपर्ने हुन्छ।

आइएसटीको उपचार औषधी वा ओपन हार्ट सर्जरीद्वारा गर्न सकिन्छ। तर, ओपन हार्ट सर्जरीको अवस्था त्यती आएको देखिदैन। चिकित्सकले औषधीद्वारा नै यसको उपचार गर्दै आएका छन्।

यदि इनएप्रोप्रीएट साइनस टेककार्डियाको कुनै लक्षण आफ्नो शरीरमा लगातार २४ घण्टासम्म रहेमा शरीरको चेकजाँच गराउनुपर्छ। चिकित्सकको परामर्श लिनैपर्छ।

More News last news
Loading...