गर्भवती र यस्ता समस्या भएका बिरामीले भूलेर पनि नखानुहोस् मेवा

काठमाडौँ । विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ।

यसमा भिटामिन सी को भण्डार हुन्छ। यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ। कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ।

Advertisement

जन्डिस हुने स्वम्भावानाः मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता खतरनाक रोगहरूको सम्भवना निकै बढ्छ। मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ।

किड्नीमा पत्थरीः हुनतः मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुनसक्छ।

गर्भवती महिलाः मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ। तर मेवा गर्भवती महिलाले खानु हुँदैन।

मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ। मेवाको सेवन केवल गर्भावस्थामा मात्र नभई सन्तान भएपछि पनि हानिकारक हुन्छ।

More News last news
Loading...