नेपालमा थप २ हजार ७४५ जनामा कोरोना पुष्टि, ४ हजार १८७ संक्रमण मुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणका ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट भएको परीक्षणका २२ हजार ४०३ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजा ५०६ पुगेको छ।

More News last news
Loading...