नेपालमा थप ३ हजार ७५० जनामा कोरोना पुष्टि, ५ हजार २२५ संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ।

यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ। देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ। नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ।

More News last news
Loading...