एलर्जीको समस्याले हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौँ । शरीरमा चिलाउने, रातो–रातो सानो फोका आउने गरेको भएमा त्यसलाई एलर्जी भनिन्छ। कसै–कसैको त्यो फोकाहरू बढ्दै जाने अनि कहिलेकाँही घाउ हुने समस्या हुन्छ।

शरीर चिलाउनु र रातो–रातो साना फोकाहरू आउने सबैभन्दा बढी एलर्जी हुँदा हुनेगर्छ। कुनै छालाकै रंगको पनि हुनसक्छ कुनै रातोरातो पनि हुनसक्छ। यसलाई नै एलर्जी भनिन्छ।

Advertisement

यसबाट कसरी छुटकारा पाउने ?

ओलिभ आयल (जैतुनको तेल): छालाको लागि भिटामिन ‘ई’ निकै उत्तम मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत जैतुनको तेल पनि हो । यसले अनुहारलाई नरम राख्नुका साथै सुख्खा हुन दिँदैन ।

जैतुनको तेलमा थोरै मह मिसाएर लगाउँदा छाला चिलाउने समस्या कम हुँदै जान्छ । नियमित रूपमा यसको प्रयोग गरेर छाला चिलाउने समस्याबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।

बेकिङ्ग सोडाः एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ।

ओट मिलः नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ।

एलोभेरा (घिउकुमारी): एलोभेरा छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ।

यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ। यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ।

बरफः हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन्। सुन्निएको ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ।

नीमको पातः छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ।

धनियाँः धनियाँ एक प्रकारको आयुर्वेदिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ। यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो।

पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने। तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोहोर्‍याए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ।

फुड एलर्जीका लक्षण

१) चिलाउने
२) आँखा, ओठ , अनुहार तथा घाटीमा सुजन हुने
३) पखाला
४) सास लिनमा समस्या उत्पन्न हुने
५) मुटुको धड्कन बढ्ने

एलर्जी गराउने खाद्य पदार्थ

१) गाईको दूध वा अन्य दूग्धजन्य उपात्दन
२) ग्लुटेनयुक्त गहु लगायतका उत्पादन
३) बदाम
४) अण्डा
५) सोयाविन
६) मकैको सेवन
७) माछा

एलर्जी खानामा पाइने त्यस्तो तत्व हो, जसले एलर्जीको समस्यालाई बढाइदिन्छ । साधारणतया ग्लूटेनयुक्त खानेकुराको सेवनले एलर्जी हुने गर्छ। कयौं मानिसलाई भण्डा, अण्डा, कर्कला, भिण्डी, मेवा, फर्सीका कारण पनि एलर्जी हुनसक्छ । एलर्जी भएमा चिकित्सकलाई जाच गराउनु आवश्यक छ ।

More News last news
Loading...