काठमाडौँ । नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ९०१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ जहरा ८७४ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८७५ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन्। यो सँग नेपालमा कोरोना निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५९ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
