काठमाडौँ । कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपनि याद आउँदैन। यस्तो धेरै जनालाई हुने गर्छ। उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कमजोर हुन्छ। तर आजकल त सानो उमेरका मानिसको स्मरण शक्ति पनि कमजोर भइरहेको छ।
तनाव, खराब जीवनशैली तथा खानपान अनि अपूरो निद्राले दिमागमा दबाब परेर स्मरणशक्ति नाश गराउन भूमिका खेल्छ। यस्तो भएपनि तपाईँ आफ्नो दिमागलाई तेजिलो बनाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्ः
केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्
यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।
बिहान यसरी उठ्नुहोस्
अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ। साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ।
सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस्। बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ। घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ।
सन्तुलित भोजन
जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ । यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ।
डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ । दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस्। यसका साथै नट्स, बेसार, स्याउ, दही, बदाम, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ।
पढेर सुत्नुहोस्
यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ।
त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो। यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस्। सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ।
नयाँ चुनौतीको खोजी
दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस्। अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ। यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस्।
व्यायाम
व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ। कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ। यसो गर्दा दिमाग ताजा र तन्दरुस्त रहन्छ।
संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्
तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ। तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ। त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ। यसले दिमागलाई आराम दिन्छ।
संगीत सुन्नुहोस्
संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ। कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ। धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
