काठमाडौँ । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ। यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ। यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ।
हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्यास जस्ता समस्याहरु हल हुने गर्छ । भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन्। केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ।
कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ । एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरिरमा रहेको बोसो कम हुन थाल्छ। केही मानिसहरु तौल कम भएका कारण टेन्सन लिन्छन् । यसका लागि दैनिक ड्राइफुडमा दही हालेर खानाले शरिरमा वजन बढ्छ।
खाना पचाउन गाह्रो भएको छ भने पिनेको जिरामा दही हालेर खानुहोस् पाचन प्रक्रियामा सुधार हुन्छ । मुखमा छाला गएर समस्यामा पर्नु भएको छ भने दहीमा मह हालेर खाने गर्नुहोस् । दुई तिन दिनमा नै निको हुन्छ मुखमा जाने समस्या।
तौल घटाउने अन्य उपाय
साहकारी खानेकुरा
साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ। सलाद, फलफूल, सागपातमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ। त्यसैले साहकारी खानेकुरा खान उपयुक्त रहन्छ।
मासु
यदी तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने साहकारी खानेकुराको साथै हप्ता एक पटक मासुको सेवन पनि गर्ने गर्नुहोस्। जसले गर्दा मोटोपना घटनमा मदत पुर्याउँछ।
शारीरिक व्यायाम
तौल घटाउन खाना जत्तिकै महत्वपूर्ण शारीरिक व्यायाम पनि छ। बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउन सके शरीरलाई स्वच्छ र फुर्तिलो हुन्छ। योगासान र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ।
गुलियो कम खाने
अधिकांश जसो मानिसहरुलाई गुलियो खानेकुरा मनपर्ने गर्छ। जसले गर्दा गुलियो पदार्थको बढी नै सेवन गर्ने गर्छन्। तर यदी तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने यस्ता गुलियो चिजहरुको सेवन कम मात्रामा गर्ने गर्नुहोस्।
ध्रुमपान नगर्ने
यदी तपाई मोटोपना घटाउन चाहनुहुन्छ र ध्रुमपान गर्ने बानी छ भने चुरोट र सुर्तीजन्य जस्ता पदार्थको सेवन गर्न छाड्नुहोस्। जसकारण तपाईले आफ्नो तौल घटाउन सक्नु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
