काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६८ जनाको ज्यान गएको छ। यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जनाले कोरोना संक्रमणलाई हराएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै कोरोनाभाइरस संक्रमित भएर निको भएकाहरुलाई प्रभावित पारिरहेको कालो ढुसी अर्थात म्युकरमाइकोसिस नेपालमा पनि देखिन थालेको छ।
नेपालमा पनि पछिल्लो समय केही बिरामीहरुमा म्युकरमाइकोसिस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयले नेपालमा पनि कालो ढुसी देखा परेको जानकारीसहित यो संक्रमणबाट कसरी बच्ने, संक्रमित भइहालेमा यसको पहिचान कसरी गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा सुझाव पनि जारी गरेको छ।
स्वास्थ्य मन्त्रालयले आफ्नो सामाजिक संजाल पेजमार्फत यो संक्रमणबाट जोगिनको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
