काठमाडौँ । नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १५ हजा ५५ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ५८५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ। यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
