काठमाडौँ । नेपालमा सरकारले कोरोना परीक्षण घटाउँदा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६२०५ जना कोरोना मुक्त भएका छन् भने १०९ जनाले ज्यान गुमाएका छन्। परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो।
एकै दिन झन्डै २० हजारसम्मको नमुना परीक्षण हुने गरेकोमा अहिले त्यसको आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ। नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ।
आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ। यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ।
शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
