काठमाडौँ । गर्भावस्था भनेको एकदमैं संवेनशिल अवस्था हो । यस अवस्थामा महिललाले धेरैं कुराहरुमा ख्याल गर्नुपर्छ । सुत्केरी पश्चात आमाले गर्नुपर्ने धेरैं कुराहरु हुन्छन जुन कुराहरु आज हामी चर्चा गर्न गइरहेका छौं।
बच्चाको सुन्दर भविष्यको लागि बच्चा र आमा दुवैंको स्वास्थ्य ठिक हुनुपर्छ। आज हामी सुत्केरी महीलाको लागि आवश्यक केही कुराहरु लिएर आएका छौं ।
-सुत्केरी पश्चातको ७ हप्ता निकै संवेदनशिल तथा महत्वपूर्ण समय मानिन्छ । यस समयमा सुत्केरी लाई बढी आराम तथा आहार-विहारको आश्यकता पर्दछ ।
-बच्चा जन्मिने बितिकै जति सक्दो छिटो आमालाई पाठेघरको मालिस गर्न लगाउनु पर्दछ । हत्केलाले बिस्तारै पाठेघर डल्लो र्पदा सम्म मालिस गर्नु पर्दछ । जसले गर्दा पाठेघर खुम्चीन मद्दत गर्छ र रगत कम बग्छ ।
-बच्चा जन्मिने बितिकै आमालाई तुरुन्त पिसाब फेर्न लगाउने, जसले गर्दा पाठेघर आफ्नो ठाउँमा आउछ जसले गर्दा खुम्चीन र रगत कम बग्न मद्दत गर्छ ।
-सुत्केरी पश्चात आमालाई कम्ति पनि २४ घण्टासम्म बिशेष निगरानिमा राख्नुपर्छ , जसले गर्दा कुनैपनि खतराका लक्षण देखिएमा तुरुन्तै उपचार गर्न सकिन्छ ।
-विशेषगरी सुत्केरी आमा हस्पिटलबाट डिस्चार्ज भएर घर गईसके पछि ३ दिन र ७ दिनको दिनमा जाँचको लागि पुनः हस्पिटल जानुपर्दछ ।
-खानपान, परिवार नियोजन तथा जन्मान्तरको विषयमा आमा तथा परिवारलाई परामर्श लिनुपर्छ ।
-आमालाई प्रशस्त मात्रमा झोलिलो खानेकुरा तथा पानी खान दिने ।
-तुरुन्तै बच्चालाई प्रशस्त मात्रामा दुध चुसाउने किनभने ‘oxycontin’ नामक हर्मोन उत्पादन हुन्छ । जसले गर्दा पाठेघर खु्म्चाउन मद्दत गर्छ । आमाको पहिलो बिगौति दुधमा सम्पुर्ण पोषण तत्व हुन्छ ।
-सामान्य महिलाको तुलनामा सुत्केरी महिलालाई ५०० क्यालोरी बढि खाना आवश्यक पर्ने भएकाले सुत्केरी आमालाई २ पटक थप खाना खान दिनुपर्छ । जसमा प्रत्येक पटक खानाको ४ भाग को एक भाग अन्न , एक भाग गेडागुडि , चिल्लो पदार्थ , माछा मासु तथा अण्डा खान दिनुपर्छ ।
-महिलाले प्रशस्त मात्रामा आराम गर्नुपर्छ ।
-महिलाले ओजनदार तथा भारी सामानहरु उठाउनु हुदैन् ।
-बच्चालाई प्रशस्तै मात्रामा दुध खुवाउनु पर्छ जसले गर्दा बच्चा स्वस्थ र आमाको स्तन गानिने सम्भावना घटेर जान्छ ।
-यो समयमा योनिमा बढि संक्रमण हुने सम्भावना भएकाले योनि तथा प्रजनन भागको सरसफाईमा बिशेष ध्यान दिनुपर्दछ , र यो समयमा योन सम्पर्क गर्नु हुदैन ।
-आमाले प्रत्येक पटक खाना खादा हात धोएर मात्रा खाने र बच्चालाई दुध खुवाउनु पर्दछ।
-बच्चाको बारेमा आमालाई परामर्श दिने र बच्चाको नियमित खापको बारेमा आमालाई सललाह दिने ।
-बच्चा तथा आमामा देखिने खतराका बारे परिवारका सम्पुर्ण सदस्यलाई जानकारी दिने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
