ग्यास्ट्रिकले ग्रस्त हुनुभएको छ ? यसरी घरमै बनाउनुहोस् औषधी

काठमाडौँ । अहिले अधिकांश मानिसलाई ग्यास्ट्रिकको समस्याले सताउने गरेको छ। मानिसहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी बन्ने गरेका छन्।

अल्छि स्वभाव हुनु, अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मिसावट युक्त अन्न, विषादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकूल क्रियाकलापले मानिस रोगबाट ग्रसित हुने गरेका छन्।

Advertisement

मसालेदार, तारेभुटेको खानले पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने गरेको छ। यसले ग्यास्ट्रिकलाई झन बढाउने गर्छ । यसका लागि हामीले यहाँ केही घरेलु विधिबारे जानकारी दिएका छौं। ज्वानो र बिरे नुन त हामी सबैको भान्छामा हुने गर्छ । यसलाई ग्यास्ट्रिकको दबाई बनाउन सकिन्छ।

औषधी बनाउने विधि यस्तो छः

बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानोमा करीब १ चम्चा बिरे नुन मिसाऔँ।

यही अनुपातमा आफुूलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफूलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ।

रोग नियन्त्रणमै छ भने राति सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।

More News last news
Loading...