पेटमा बोसो लाग्यो ? एक हप्तामै घटाउने यस्तो छ सरल तरिका

अत्याधिक मोटोपनाले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार पनि बनाउन सक्छ। आयुर्वेदिक विधिलाई पेटको बोसो घटाउन उपयुक्त मानिन्छ।

यस्ता छन् विधि

Advertisement

दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस्। पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ। मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस्। यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ।

सेतो चामलबाट टाढै बस्नुहोस्। यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ। आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस्।

गुलियो खानेकुराबाट टाढै बस्नुहोस्। चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस्। यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ।

यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस्। केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ।

काँचो मूलालाई चपाउनुहोस्। प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस्। यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ। शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस्। तरकारी र फलफूलमा बढि जोड दिनुहोस्।

दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस्। यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ।

More News last news
Loading...