तपाईलाई बाथ रोग छ ? छुदै नछुनुस् यी ५ चिज, नत्र पछुताउनु पर्ला

काठमाडौँ । सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् । बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ।

यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छै भने यसलाई नियन्त्रण गर्न सकिन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनमा ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ।

Advertisement

ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ। यसले ती अंग चलाउन पनि गा-हो हुन्छ। परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ।

बाथका रोगीले यी खाना खानबाट बँच्नुपर्छ

फ्राइ गरेको या प्याकेटको खाना : अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ।

बढी तताइएको खाना : सन् २००९ मा गरिएको एक अध्ययनले बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ।

चिनी : आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न।

दुग्धजन्यपदार्थ : दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ। तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ।

अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ। यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ।

मदिरा र सूर्तिजन्य पदार्थ : मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ। झन् बाथका रोगीले त यसलाई छुनै हुन्न। यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ।

बाथको लक्षण
जोर्नी दुख्ने
सुन्निने
अंगले काम गर्न समस्या हुने
रातो हुने

के गर्ने ?
आराम गर्ने
चिसो या तातोले सेक्ने
तौल कम गर्ने
शारीरिक अभ्यासमा जोड दिने

जोर्नी प्रत्यारोपणको उपचार

More News last news
Loading...