नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना पुष्टि, १६९ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १६९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ।

यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए। यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन्।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ।

हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ।

अहिलेसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकासहित देशभरका प्रायजसो जिल्ला लकडाउन गरिएका छन्।

More News last news
Loading...