काठमाडौँ । कोरोना कालमा धेरैजसो मानिसहरुले घरमा नै व्यायाम गर्नु उचित ठाने । यस्तोमा मानिसहरुलाई फिट राख्नका लागि स्वास्थय विज्ञले व्यायामका नयाँ तरिका र सम्मिश्रणको खोजी गरे।
हेमिल्टनको म्याकमास्टर युनिभर्सिटी र रोचेस्टरको मेयो क्लिनिकका विज्ञले नयाँ बडी वेट रुटिन तयार गरेका छन्।
अनुसन्धानकर्ताले यो रुटिनलाई सुरुमा २० स्वस्थ महिला पुरुषमा ६ हप्तासम्म प्रयोग गरे । यसले उनीहरुको शरीर मजबुती र फिटनेस लेभल ७ प्रतिशतसम्म बढ्यो।
खुट्टाको शक्ति बढ्यो र शरीर सुगठित भयो । आउनुहोस् बडी वेट रुटिनमा कस्ता व्यायाम समावेश छन्, यसबारे जानकारी लिऔं।
१) एक मिनेटसम्म जम्पिङ ज्याक गर्नुहोस्ः
वार्मअपका लागि हावामा थोरै उफ्रिएर खुट्टालाई फैलाउँदै दुबै हातलाई माथि लगेर एक आपसमा जोड्नुहोस् । त्यसपछि यसरी नै उफ्रिएर सामान्य स्थितीमा फर्कनुहोस् ।
२) एक मिनेट मोडिफाइड बर्पी गर्नुहोस्ः
यो व्यायाममा हातलाई जमिनमा टेकाउनु पर्छ तर पुशअप्स गर्ने भने होइन ।
३) एक मिनेट हाई नी रनिङ गर्नुहोस्ः
एकै स्थानमा उभिएर अल्टरनेट खुट्टाबाट हाई रनिङ गर्नुहोस् ।
४) एक मिनेट स्पिलिट स्क्वाट जम्प गर्नुहोस्ः
यो व्यायाम सुरु र समाप्त गर्ने बेला एउटा खुट्टा अगाडि र अर्को पछाडि गर्नुहोस् ।
५) त्यसपछि एक मिनेट हाई नी रनिङ गर्नुहोस्ः
हाई नीको यो दोस्रो चरण हो । यसले खुट्टा बलियो हुन्छ ।
६) एक मिनेट स्क्वाट जम्प गर्नुहोस्ः
स्क्वाट जम्पले पनि खुट्टा बलियो बनाउँछ । सबै व्यायम एकै स्थानमा बसेर गर्नुपर्छ । हरेक एक मिनेटको व्यायामपश्चात् एक मिनेटसम्म वरिपरि हिँड्नुहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
