यी गलत बानीलाई नगर्नुहोस् नजरअन्दाज, नत्र हुनसक्छ मधुमेहको खतरा

काठमाडौँ । मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ। जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि। तर, डराइहाल्नुपर्ने केही छैन।

किनभने केही सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ। जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरू एकदम चिन्तित हुने गर्छन्। उनीहरूको मन एउटै प्रश्नले रिंगाइरहन्छ, ‘के जरैदेखि मधुमेह हटाउन सकिन्छ ?’ यस प्रश्नको उत्तर जान्नका लागि मधुमेहको प्रकृतिबारे जान्नुपर्ने हुन्छ।

Advertisement

मधुमेहका कारणहरू

मधुमेह नेपालमा धेरै छिटो फैलिने मध्येको एक रोग हो। ठूला मात्र होइनन्, बच्चाहरू पनि यस रोगबाट ग्रस्त छन्। अक्सर मानिसलाई लाग्छ कि उनीहरूको गलत खानाले मात्रै उनीहरू त्यस्तो समस्यामा फस्ने गर्छन्।

मधुमेहको सबैभन्दा ठूलो कारण भनेको केही गलत बानीहरू हुन् जुन दैनिक जीवनमा अपनाइन्छ। यदि यी बानीहरू सुधार गरियो भने मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

दिनभरि अफिसमा बसिरहनु

प्रायः मानिसहरू दिनभरि अफिसमा बस्छन् किनकि उनीहरूले उठ्नको लागि समय नै पाउँदैनन् । तर तपाईंको यो बानीले तपाईंलाई मधुमेहको साथमा हृदयको समेत समस्या गराउन सक्छ।

घाममा कहिलै नबस्नु

एक शोधका अनुसार मधुमेहको सबैभन्दा ठूलो कारण भिटामिन’डी’को अभाव हुनु हो, जुन सूर्यको किरणबाट पाइन्छ। भिटामिन डीको कमी भएका मानिसलाई मधुमेहको उच्च जोखिम हुन्छ, त्यसैले प्रत्येकले सनस्क्रिन बिना कम्तीमा आधा घण्टा घाममा रहनुपर्छ।

प्लास्टिकको भाँडोमा र्‍याप गरेको खाना

अन्वेषकहरूले अर्को तथ्य पत्ता लगाएका छन् कि प्लास्टिकको र्‍याप गरेको खानामा मिसिने रसायनले इन्सुलिनमा प्रतिरोध क्षमता बढाउँछ । यो मधुमेहको प्रारम्भिक लक्षण हो।

बिहानको खाजा

ब्रेकफास्टमा बेवास्ता गर्नु पनि मधुमेहको सबैभन्दा ठूलो कारण हो । वास्तवमा बिहान नास्ता नगर्दा शरीरमा इन्सुलिनको सन्तुलन बिग्रन्छ, जसले मधुमेहको सम्भावना बढाउँछ ।

परिष्कृत कार्बोहाइड्रेटको सेवन

सेतो रोटी, सेतो चामल, मैदा वा अन्य परिष्कृत कार्बोहाइड्रेट्सले शरीरलाई अधिक इन्सुलिन उत्पादन गर्छ । यसको कारणले तपाईं चाँडै भोको महसुस गर्न थाल्नुहुन्छ । यसले मधुमेह हुने सम्भावनालाई बढाउँछ।

आहारमा प्रोबायोटिक्सको सेवन

प्रोबायोटिक्सले पाचन प्रणालीमा सुधार गर्छ तर त्यसले रगतमा चिनीको मात्रालाई पनि नियमित गर्न मद्दत गर्छ। यसको कारणले तपाईं अनिद्रा र तनावको शिकार बन्नुहुन्छ। यसले रगतमा चिनीको स्तर बढाउँछ र तपाईंलाई मधुमेहको खतरामा पार्छ।

कम्तीमा २र३ कप कफी पिउनुहोस्

जानकारहरू दैनिक कम्तीमा २/३ कप कफी पिउनुपर्नेमा जोड दिन्छन् । यसले टाइप-२ मधुमेहको जोखिम रोक्न सक्छ। यदि तपाईंले कफी पनि पिउनुहुन्न, भने तपाईं‌मा कुनै न कुनै किसिमले मधुमेहको जोखिम बढ्न सक्छ।

अस्वस्थ बानी व्यवहार

राती अबेर ब्युँझनु, कम सुत्न, समयमा खाना नखानु, चुरोट र रक्सी पिउनु जस्ता गलत बानीले पनि मधुमेहलाई बढावा दिन्छ। वास्तवमा यसले शरीरमा ट्राइग्लिसराइड्स बढाउँछ, जसले तपाईंलाई टाइप-२ मधुमेहको जोखिममा पार्छ।

धेरै टिभीमा झुण्डिनु

यदि तपाईं पनि दिनमा कम्तीमा ७ घण्टासम्म टिभी हेर्नुहुन्छ भने पनि तपाईंलाई मधुमेहको जोखिम बढी हुन सक्छ। एउटा अध्ययनले देखाएको छ कि टिभीको अगाडि खर्च गरिएको हरेक घण्टाले मधुमेहको जोखिम बढाउँदै लैजान्छ।

कम पानी पिउनु

दिनमा कम्तीमा १० गिलास पानी पिउनुपर्छ। किनकि पानीको अभावले शरीरलाई हाइड्रेट गर्दैन र रगतमा चिनीको मात्रा बढाउँछ। यो पनि मधुमेहका लागि आवश्यक कुरा हो।

More News last news
Loading...