शरीरमा भिटामिन ‘के’ को कमी भएमा देखिन्छन् यस्ता समस्या, यी लक्षणलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । भिटामिन हाम्रो शरीरलाई अति आवश्यक पर्ने पौष्टिक तत्व हो। यसको कमीले गर्दा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिने गर्छन।

भिटामिनले हाम्रो शरीरको वृद्धि बिकास गर्नमा अहम भूमिका निर्वाह गरेको हुन्छ। यसका साथै शरीरमा नयाँ तन्तुको निर्माणमा ‘भिटामिन ए’ ,राता रक्तकोषको निर्माणका लागि ‘भिटामिन ई’ र हड्डी तथा मांसपेशी मजबुत पार्नका लागि ‘भिटामिन डि’ को आवश्यकता पर्ने गर्दछ।

Advertisement

यस संगसंगै ‘भिटामिन के’ ले पनि शरीरमा विभिन्न रोगदेखि लड्नका निमित्त महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ।आज हामी ‘भिटामिन के’ को कमीले पर्न सक्ने गम्भीर असरको बारेमा जानकारी दिन जादै छौं, भिटामिन के को कमीले देखिने यी शारीरिक संकेतहरुः

नाक तथा दाँतबाट रगत आउनु
बिना कारण दाँत तथा नाकबाट रगत आउनु भिटामिन के को कमिको संकेत हो। नाकबाट रगत आउने समस्या बढी जस्तो गर्मीको समयमा देखिने गर्छ यसलाई सामान्यतया नाथ्री फुटेको पनि भन्ने गरिन्छ।

यसै क्रममा कहिले काहिँ अनावश्यक रुपमा दाँतबाट रगत आउने गर्छ यदि यस्तो समस्या देखिएको खण्डमा तुरुन्तै शरीरको भिटामिनको जाँच गराउनु आवश्यक छ।

चोट लाग्दा रगत नरोकिनु
कुनै पनि घाउ चोटपटक लाग्दा रगत बन्द हुनका अलवा लगातार रुपमा रगत बग्नु पनि ‘भिटामिन के’ को लक्षण हो। यदि यस्तो संकेत देखिएको अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह सुझाव एवम भिटामिन के युक्त आहारको प्रसस्त सेवन गर्नु आवश्यक छ।

पीरियड्समा बढी रगत बग्नु
शरीरमा भिटामिन के को कमि भएमा महिलाहरुमा पीरियड्सको अवस्थामा सामान्यभन्दा बढी मात्रामा रगत बगेमा शरीर कमजोर भई एनिमिया हुने खतरा हुने सम्भावना भएकाले समयमा नै डाक्टरको उचित सल्लाह लिई ‘भिटामिन के’ युक्त आहारको प्रसस्त मात्रामा सेवन गर्नु आवश्यक छ।

दिसापिसाबमा रगत देखिनु
कुनै कुनै समयमा दिसा या पिसाबमा रगत देखिने समस्या हुन्छ। अधिकांशले यसलाई सामान्य रुपमा लिने गर्दछन तर यस्तो हुनु भनेको भिटामिन के को कमिको संकेत हो।

भिटामिन के को कमीले गर्दा शरीरमा रगत पातलो भई बिनाकारण जुनसुकै भागबाट रगत निस्कन सक्ने भएकाले यस्तो अवस्थामा बिशेष सावधानी अपनाउनु पर्छ।

नङको बिचमा रगत जमेको जस्तो देखिनु
नङले पनि शरीरमा विभिन्न समस्याको संकेत गर्ने गर्छ। यदि बिनाकारण नङको बिचमा रगत या रगत जमेको जस्तो देखिनु भिटामिन के को कमिको संकेत हो। त्यसैले यसका लागि बढी भन्दा बढी मात्रामा भिटामिन के युक्त आहारको सेवन गर्नु पर्दछ।

‘भिटामिन के’ का मुख्य स्रोतहरु
शरीरमा भिटामिन के को कमि हुन नदिनका लागि पालक , सर्स्यु , सलगम , मेथी एवम अन्य विभिन्न प्रकारका हरिया सागपातको सेवन गर्नु पर्दछ।

यसका साथै बन्दागोभी , काउली , ब्रोकाउली जस्ता तरकारी खानु पनि फाइदाजनक रहेको छ। अण्डा पनि भिटामिन के को प्रमुख स्रोत हो। अंगुर, स्ट्रबेरी, किवी , टमाटर , खुर्सानीमा पनि शरीरलाई आवश्यक पर्ने भिटामिन के लगायत अन्य महत्वपुर्ण भिटामिन पाइन्छ।

डाक्टरको भनाइ अनुसार एक कप चुकन्दरमा २६९७ माइक्रोग्राम भिटामिन के पाइन्छ साथै एक कप ब्रोकलीमा लगभग २२० माइक्रोग्राम ‘भिटामिन के’ पाइन्छ।

More News last news
Loading...