काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ।
नेपालमा कोरोना संक्रमण बढेपछि धेरैजसो जिल्लामा लकडाउन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
