तपाइलाई हर्ट अट्याकको जोखिम छ कि छैन ? अब यसरी थाहा पाउन सकिन्छ

काठमाडौँ । पछिल्लो समय जताततै मुटुका रोगी बढिरहेका छन् । खानापान, रहनसहन र व्यायामको कमीका कारण कम उमेरमै पनि मुटुको रोगले पीडित बन्नुपरेका धेरै छन्।

मुटुको रोग लागेपछि जतिबेला पनि हर्टअट्याक अर्थात हृदयघात हुन सक्छ र ज्यानैसम्म जान सक्छ । तर अब चिन्ता नगर्नुस् बैज्ञानिकहरुले यस्तो खोज गरेका छन् कि जसको माध्यामबाट कसलाई हर्टअट्याक हुनसक्छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ।

Advertisement

अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले भनेको छ, यो अध्ययनले विश्वमै मृत्युको सबैभन्दा ठूलो कारण बन्ने गरेको मुटु रोगको उपचारका लागि ठूलो सहयोग मिल्नेछ ।

यो नयाँ तरिकामा मुटुका धमनीहरुको जाँच गरेर हर्ट अट्याकको खतरा छ कि छैन भन्ने पत्ता लगाइन्छ । जसले गर्दा संभावना बढी भएकालाई त्यहि अनुसारको उपचार पहिला नै सुरु गर्न सकिन्छ।

अध्ययनका क्रममा झण्डै २ हजार जनाको मुटु स्क्यान गरेर स्वस्थ देखिने मानिसमा हर्ट अट्याकको संभावना पत्ता लगाउन कत्तिको उपयोगी हुन्छ भनेर अध्ययन गरिएको थियो।

मुटुका धमनीमा रगत सर्कुलर हुन नपाउँदा अक्सिजनको कमी भएपछि हर्ट अट्याक हुन्छ।

More News last news
Loading...