नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना पुष्टि, १९० को ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा थप १९० जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।

यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को ज्यान गएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ। यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ।

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो।

More News last news
Loading...