कपाल कलर गरेपछि ध्यान दिर्नैपर्छ यी कुरा, नत्र हुन्छ झर्ने सम्भावना

काठमाडौँ । अरु समयमा भन्दा पनि गर्मीको मौसममा बढी घामका कारण हामीलाई निकै धेरै पसिना आउने गर्छ। यसबाट हाम्रो केशबाट पसिना र तैलीय पदार्थ निस्केर बाहिरी धुलो टासेर हाम्रो केश चाँडै मैलो तथा चिपचिप हुने गर्छ।

हामीले हाम्रो कपालमा रंग लगाउँदा सधै गुणस्तरीय हेयर कलरको प्रयोग गर्नुपर्छ। हामीले पहिलो पटक हाम्रो कपाल कलर गर्दा थोरै मात्रामा हेयर कलरलाई कानको पछाडिको भागमा लगाएर दश मिनेटजति छोड्नु पर्छ।

Advertisement

यसो गर्दा कुनै प्रकारको रियाक्सन भएन भने मात्र हामीले यस कलरलाई केशमा प्रयोग गर्नु उपयुक्त हुन्छ। एक पटक कपालमा कलर लगाएपछि हामीले हाम्रो कपालमा निकै ध्यान दिनुपर्छ।

यदि हामीले लापरवाही गर्यौँ भने हाम्रो कपाल झरेर हामी चिण्डे पनि हुन सक्ने सम्भावना आउन सक्छ।गर्मीको समयमा सूर्यको अल्ट्राभ्वाइलेट किरणले पनि कलर्ड केशको चमक एवं कोमलतालाई हानी पुर्याउने भएको कारण घाममा बाहिर निस्कनुअघि हामीले क्याप, स्कार्फ वा छाताको प्रयोग गर्नुपर्छ।

स्याम्पु गरिसकेपछि कलर गरिएको केशमा कन्डिसनर तथा सिरम लगाउनुपर्छ। यसबाट केशको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ।

स्याम्पु गरेपछि केश सुकाउँदा घाममा बस्ने तथा हेयर ड्रायर प्रयोग गर्ने गर्नु हुँदैन। यसो गर्दा केशको रंग चाँडै उड्ने गर्छ भने त्यसको स्वभाविक नरमपन पनि कम हुँदै जन्छ। कलर गरिएको केशलाई घामबाट जोगाउनका निम्ति स्याम्पु गरिसकेपछि सनसिल्डको प्रयोग गर्नुपर्छ।

कलरको राम्रो नतिजाको लागि के कस्ता तयारी गर्नु पर्छ ?

कलरको उत्कृष्ट नतिजा ल्याउनका लागि तपाईको कपाल कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईको कपाल ड्राई र ड्यामेज छ भने यस्तो कपालमा कलर राम्रा बस्दैन । त्यसैले सधै कपाल स्वस्थ राख्नु पर्छ।

सहि स्याम्पु र कन्डिशनरको प्रयोग गर्ने र हप्तामा एक पटक तेल मसाज गर्नु पर्छ। त्यस्तै १५ दिनमा एक पटक हेयर स्पा गर्नु पनि अति आवश्यक हुन्छ । स्वस्थ कपालमा कलर राम्रोसंग बस्ने भएकोले कलर गर्नु अगाडि कपाललाई स्वस्थ बनाउन आवश्यक हुन्छ ।

कति समयको अन्तरालमा कलर गर्नु पर्छ ?

कलर गर्दा समयलाई पनि ध्यान दिनु पर्छ । पायो भन्दैमा हप्तै पिच्छे कलर गर्नु कपालको लागि हानीकारक हुन्छ । कम्तिमा पनि एक महिना वा त्यो भन्दा बढिको समयको अन्तरालमा मात्र कलर गर्नु पर्छ । कलर त्यसमा पनि कपालको जरामा कलर गर्दा बिशेष ध्यान दिनु पर्छ ।

आजभोलि कलरको रुपमा ब्लिच प्रयोग हुने गरेको पाइन्छ, जसले कपाललाई ड्यामेज गर्ने र टुक्राउने गर्छ । त्यसैले यस्ता कुराहरु प्रयोगमा साबधानी अप्नाउनु पर्छ । त्यसैले सधै ब्राण्डेड कलरको छनौट गर्नु पर्छ, जसले कपालमा कलर लामो समय सम्म रहन्छ र कपाललाइ ड्यामेज हुनबाट पनि बचाउँछ ।

कलर गर्दा कति समय राख्नु पर्छ ?

कलर गर्दा सधै समयलाई बिचार गर्नु पर्छ । बढि अथवा घटि समयले कलरलाई नराम्रो प्रभाव पुर्याउछ । कलर गर्दा कपालको टुप्पो र जरामा फरक फरक समय लगाएर कलर गर्नु पर्छ । कलरमा समय मिलेन भने कपालमा कलर टाटेपाटे देखिन्छ ।

More News last news
Loading...