काठमाडौँ । हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।
तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ । आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जानकारी दिदैछौ :
कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ । टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुदैन ।
सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ । त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ।
मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ । त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो।
मेहन्दीको लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ । मेहन्दी केश बाहेक छालामा लाग्ननदिन बेकामे तर सफा तौलियाले शरीर ढाक्नु पर्दछ।
मेहन्दी लगाउँदा ब्रसलाई बिस्तारै चगाए सबै तिर सहजै लगाउन सकिन्छ। कपालमा मेहन्दी लगाइसकेपछि १५ देखि ३० मिनेटसम्म रहन दिनुपर्छ।
आवश्यक अवधीसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ । दोस्रो पटक मात्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ।
यो हेयर प्याकले तपाइँको कपाल चमकदार र व्यवस्थित बनाउँछ। यो प्रोटिनमा धनी छ र यसमा कन्डिसन गुणहरू छ। यो प्याक बनाउनका लागि दुई ठूलो चम्चा मेहेन्दीकाको पाउडर र एक चम्चा शिकाकाई पाउडर पानीमा मिस्नुहोस्। यो पेस्टलाई राति भिजाउन राति मजाले भिज्न दिनुहोस्।
बिहान भिजेको पेस्टमा अण्डो र एक चम्चा दही मिसाउनुहोस् । यो मिश्रण तपाइँको कपालमा लगाउनुहोस् र यसलाई लगभग ४५ मिनेटदेखि एक घण्टाको लागि छोड्नुहोस्। त्यसपछि हल्का सल्फेट फ्री स्याम्पु र चिसो पानीले तपाईंको कपाल धुनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
