काठमाडौँ । सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।
अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ ।
त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।
फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः
अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ ।
त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।
त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ।
फिटकिरीका अन्य पाइदा
१) हप्तामा एकपटक मनतातो पानीमा फिटकिरी र डिप कन्डिसनर बराबर मात्रा मिलाएर कपालमा लगाएर १५–२० मिनेटपछि चिसो पानीले धुँदा कपाल कालो र बाक्लो बन्छ ।
२) हप्तामा दुई–तीनपटक तातोपानीमा एक कप फिटकिरी पाउडर मिलाएर १०–१५ मिनेटसम्म राखिदिने र त्यसपछि नुहाउने । फिटकिरीमा हुने म्याग्नेसियमले शरीरभित्रको हानिकारक पदार्थ बाहिर निकालिदिन्छ ।
३) एक कप पानीमा दुई चम्चा फिटकिरी घोलेर घामले डढेको भागमा लगाउने । १० मिनेटपछि धोइदिने, घामले डढेको ठाउँमा राहत मिल्छ ।
४) बाथटबमा फिटकिरी पानी राखेर नुहाउँदा मुटु स्वस्थ रहन्छ । हर्टअट्याकको खतराबाट जोगाउन मद्दत गर्छ ।
५) फिटकिरीमा भएको म्याग्नेसियमले जोर्नीको दुखाइमा फाइदा गर्छ । तातो पानीमा फिटकिरी राखेर दुखेको भागमा मालिस गर्दा आराम हुन्छ ।
६) फिटकिरी मिसाएको पानीले हप्तामा तीन दिन नुहाउँदा स्ट्रेसबाट बचाउँछ । म्याग्नेसियम स्ट्रेस हुन दिँदैन।
७) बाथटबमा मनतातो पानीमा फिटकिरी राखेर दुखेको स्थान डुबाई मालिस गर्दा म्याग्नेसियमको मद्दतले मांसपेशीलाई आनन्द प्राप्त हुन्छ।
८) हप्ताको एक दिन ठूलो एक चम्चा जैतुनको तेलमा एक चम्चा फिटकिरी पाउडर मिलाएर छालामा मालिस गर्दा मरेका छालाका पत्र हट्छ ।
९) दिनमा एकपटक फिटकिरी राखेको मनतातो पानीमा १५ मिनेटसम्म गोडा डुबाउँदा दुखेको समस्या निको हुन्छ ।
१०) कुनै ठाउँमा चोटपटक लागेर रगत बगेमा सफा पानीमा फिटकिरी डुबाएर घाउ भएको ठाउँमा फिटकिरी दल्दा रगत बग्न रोकिन्छ भने इन्फेक्सन हुँन दिँदैन ।
त्यस्तै शरीरमा खटिरा आएर चिलाउँछ भने दैनिक फिटकिरी लगाउँदा किटाणुहरु नस्ट भइ चिलाउने समस्या हट्छ । संक्रमण फैलिन दिँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
