नुहाउनासाथ नगर्नुहोस् यी पाँच गल्ती, नत्र झर्न थाल्छ तपाईंको कपाल

काठमाडौँ । हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ।

कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन्।

Advertisement

कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी हुन् पाँच गल्तीहरु छन् जसले कपाल झर्ने समस्या निम्त्याउँछ।

नुहाएपछि चिसो कपाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ।

चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ।

चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन। चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ।

चिसो कपालाई बाँध्नु हुँदैन। कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ। त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको समस्या बढाउँछ।

टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन। वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको समस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ।

More News last news
Loading...