खुट्टामा यस्तो समस्या त छैन ? हुनसक्छ गंभिर रोगको संकेत

काठमाडौँ । स्वास्थ्यको कुरा गर्दा खुट्टालाई हामी वेवास्ता गर्छौं। हामीलाई लाग्छ, खुट्टामा खास समस्या हुँदैन।

तर, कतिपय अवस्थामा खुट्टाले समग्र शरीरको स्वास्थ्यबारे जनाउ दिन्छ। स्वास्थ्यमा कुनै गडबडी देखिए, त्यसले शरीरको रोगको संकेत गर्छ।

Advertisement

कहिले काहिँ सामान्य समस्या आउन सक्छ, जो आफै ठिक हुन्छ। तर, सधै एकनास हुँदैन। कुनै बेला खुट्टामा त्यस्ता समस्या पैदा हुन्छ, जसले गंभिर रोगको संकेत गर्छ। के हुन् त ति संकेत ?

खुट्टा झमझमाउनु

हाम्रो हात खुट्टा बेस्सरी झमझाउने गर्दछ । हातखुट्टा झमझमाउनु भनेको मधुमेह रोगको संकेत हो। सामान्यतयाः मधुमेहका विरामीलाई हातखुट्टा झमझमाउने तथा पोल्ने समस्या अक्सर हुने गर्दछ। खुट्टा झमझमाउने समस्या पेरिफेरल न्युरोपैथीको संकेत हो । र,मधुमेह रोग न्युरोपेथीको सामान्य कारण हो ।

नङको आकारमा परिवर्तन आउनु

विभिन्न प्रकारका रोेगहरुमा नङ आकार बद्लिने गर्छ । विशेषगरी, हृदय रोग तथा पेट सम्बन्धि समस्या भएमा नङको आकारमा परिवर्तन आउने गर्छ ।

विशेषगरी रगतमा अक्सिजनको कमी भएमा यस्ता समस्याहरु उब्जने गर्छन् । त्यसैले, यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्छ ।

खुट्टाका औला सुन्निनु

जाडो मौसममा अक्सर जुत्ता फुकालेपछि खुुट्टाका औला सेतो हुने गर्दछ, जुन भास्कुलर समस्यासित सम्बन्धित हुनसक्छ ।

त्यस्तै, रेनाल्डको समस्या पनि हुनसक्छ जसले कम तापक्रम भएको अवस्थामा शरीरको कुनै अंगलाई शुन्य तथा लुुलो बनाउने गर्दछ ।

मोटो मोजा लगाएर वा कम तापक्रममा शरीरलाई न्यायो राखेर पनि यस्ता समस्या कम गर्न सकिन्छ।

नङ टुक्रिनु

विभिन्न प्रकारका भिटामिनको कमीले पनि नङ टुक्रिने गर्छ। जब शरीरमा भिटामिनको कमी हुन्छ, नङमा विभिन्न तरीकाले चिरा पर्ने गर्छ।

त्यस्तै, शरीरमा रगतको कमी वा एनिमिया भएमा पनि नङ कमजोर हुने गर्छ र चिरा पर्ने गर्छ। त्यस्तै, नङको समस्या इन्डोक्राइनोलोजीको समस्या वा थाइराडड सम्बन्धि समस्याका कारण पनि हुनसक्छ।

More News last news
Loading...