कति समयसम्म ब्रस गर्नुहुन्छ ? यी २ गल्तीले बिर्गादछ तपाईको दाँत

काठमाडौँ । तपाईंले थाहै नपाई हरेक दिन दुईवटा गल्ती गरिरहनु भएको होला । जसको बारेमा तपाईंले सोच्नु पनि भएको छैन होला । किनभने यो हाम्रो बानी नै बनिसकेको छ।

१.ब्रस गर्दा
हामी बिहान उठेर प्रायः गर्ने सबैभन्दा पहिलो काम भनेको दाँत माझ्ने नै हो । सबै यसलाई चाँडोभन्दा चाँडो सिध्याउन चाहन्छन् ।

Advertisement

तर, दाँतका विशेषज्ञहरुका अनुसार दाँत माझ्न कम्तिमा दुई मिनेट आवश्यक हुन्छ । तर, एक सर्वेक्षणले धेरै मानिसहरु औसतमा ४५ सेकेण्डमा मात्र ब्रस गर्ने देखिएको थियो।

यसले दाँतमा कुनै फाइदा नगर्ने उनीहरुको भनाई छ।

यदी तपाईंले दुई मिनेटको नियम पालना गर्नु भयो भने दाँतमा देखिने समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।

२. टुथब्रसको आयु
कुनै टुथब्रसको माथिल्लो भागमा रहेको ब्रसको स्वरुप नबिग्रेसम्म हामी एउटै टुथब्रस प्रयोग गर्छौँ। तर, एउटा टुथब्रसको एक्सपाइरी मिति भनेको मात्र दुई महिनाको हुन्छ। यो भन्दा धेरै एउटै ब्रसलाई प्रयोग गर्नु हुँदैन।

More News last news
Loading...