बच्चाको प्लान गर्दै हुनुहुन्छ ? यो महिना तपाईका लागि हुनेछ घातक

काठमाडौँ । विवाहपछि हरेकको घरमा नयाँ शन्तान आगमनको पर्खाई हुन्छ। अलि ढिलो भयो कि छरछिमेक र आफन्तले जिस्काउन मात्रै होइन अनेक आंशका पनि गर्न भ्याउँछन्।

विवाह गरेर बच्चा पाउने योजनामा हुनुहुन्छ भने मे महिना चाहिँ सबैभन्दा घातक हुने पाइएको छ। विज्ञहरु बच्चा पाउने प्लानिङ मे महिनामा थालनी नगर्न सुझाव दिन्छन्।

Advertisement

मे महिनामा गर्भवती भएकी महिलाले जन्माउने बच्चामा थुप्रै स्वास्थ्य समस्या देखापर्ने नेशन एकेडेमी अफ साइन्समा प्रकाशित रिपोर्टमा उल्लेख छ।

सही समयमा गर्भाधारण नगर्दा शिशुले यस्ताखालका समस्याको सामना गर्नुपर्ने विज्ञहरुको निश्कर्ष छ। जो महिला मे महिनामा गर्भवती हुन्छिन् उनको जनवरी वा फेब्रुअरी महिनामा सुत्केरी हुन्छन् ।

यो समय निकै चिसो हुन्छ । पुस माघजस्तो मध्य जाडोमा पर्ने भएकाले शिशुलाई फ्लुको संक्रमणले भेट्ने खतरा हुन्छ ।

बच्चालाई कति खतरा ?
यो अनुसन्धान १४ लाख बच्चा र ६ लाख ५७ हजार ५० जना महिलामा गरिएको थियो । यस्तो अवस्थामा जन्मिने बच्चालाई प्रिम्याच्युअर बेबीज भनिन्छ। यो अवधिमा जन्मिने धेरैजसो शिशुमा श्वासप्रश्वास र पाचन प्रक्रियासँग जोडिएको समस्या देखिने गरेको छ।

के हो समाधान ?
यस्तो अवस्थामा तपाइले फ्लु भ्यक्सिन लिएर डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ । यस्तो अवस्थामा महिलाहरुलाई विरामी व्यक्तिबाट टाढै रहनुपर्छ। साथै आफ्नो आँखा, मुख र नाकमा हात लगाएपछि राम्रोसँग हात धुनुपर्छ।

More News last news
Loading...