काठमाडौँ । धेरैजसो मानिसको जीवनमा पत्थर सम्बन्धि समस्या हुने गर्दछ। आज हामी तपाइँलाई मृगौलाको पत्थरबाट बच्ने उपायबारे जानकारी दिन्छौं।
मृगौलाको पत्थर भनेको के हो ?
पिशाबमा काम नलाग्ने वस्तुहरु हुन्छन्। थोरै पिशाबमा धेरै काम नलाग्ने वस्तुहरु जम्मा भएमा यसले ठोस पदार्थ (क्रिस्टल) को निर्माण गर्ने गर्दछ।
यदि काम नलाग्ने वस्तुहरु पिशाबको माध्यमबाट बाहिर निकाल्न नसकेमा अरु थप तत्वहरु सँग मिलेर क्रिस्टल बन्ने प्रक्रिया बढ्दै जाने हुन्छ। प्रायजसो यी रासायनिक पदार्थहरुहरुलाई मृगौलाले पिशाबबाट हटाउने कार्य गर्दछ।
प्रयाप्त मात्रामा पानी भएमा रासायनिक पदार्थलाई यसले बाहिर निकाल्दछ। जस्को कारणले गर्दा मृगौलामा पत्थर बन्न सक्दैन। पत्थर बनाउने रासायनिक पदार्थहरु क्याल्सियम, अक्सालेट, युरेट, एक्सेन्थिन र फोस्फेट हुन्।
यो बन्ने प्रक्रिया पुरा भएपछि पत्थर मृगौलामा वा मुत्रवाहिनी नलीमा जाने गर्दछ। कहिलेकाहिं सानो पत्थरहरु धेरै पिडा नहुने गरी पिशाबबाट शरीर बाहिर निस्कने गर्दछन्।
र केहि पत्थरहरु नचलीकन बस्ने कारणले गर्दा पिशाब मृगौलामा, मुत्रनलीमा, मुत्राशयमा रहनाले हामीलाई पिडा हुने गर्दछ।
मृगौलामा पत्थर बन्ने कारणहरु धेरै हुनसक्छ। जस्तैः प्रयाप्त मात्रामा पानी नपिउनु, शारिरीक व्यायाम नगर्नु, मोटोपन, तौल घटाउन गरिने शल्यक्रिया, धेरै नुन भएको वा चिनी भएको खाना खानु आदि। धेरै गुलियो खाने बानीले मृगौलाको पत्थरलाई बढाउने खतरा हुन्छ।
मृगौलाको पत्थरबाट बच्ने उपायः
१) प्रयाप्त मात्रामा शुद्ध पिउने पानी वा झोल पदार्थ पिउनुहोस्।
२) बदाम , हाडे बदाम , गहुँको चोकर , पालुङ्गो , कालो चिया , काजू , भटमास , चुकन्दर , शखरखण्ड , चकलेट आदि खाद्यपदार्थलाई त्याग्नुहोस् ।
३) सुत्नुभन्दा अगाडि एक गिलास पानी पिउनुहोस् ।
४) कागतीमा पाईने साइट्रिक एसिडले क्याल्सियम क्रिस्टललाई टुक्रा गर्ने हुनाले यसको प्रयोग गर्नुहोस् ।
५) खरबुजामा अरु फलफूलमा भन्दा बढि तरल पदार्थ पाईने हुनाले यसको प्रयोग गर्नुहोस्।
मृगौलाको पत्थर हटाउने जुस बनाउने तरिकाः
सामाग्रीहरु
१) १ वटा सुन्तला
२) १ वटा स्याउ
३) १ वटा कागती
४) ४ टुक्रा खरबुजा
५) ४ वटा बरफ
माथिका सम्पूूर्ण सामाग्रीलाई पिसेर जुस बनाई पिउनुहोस् । यसले तपाइको मृगौलाको पत्थरलाई हटाउन मद्दत गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
