राति निद्रा नलागेर छटपटी भयो ? सुत्नुअघि शरीरको यो भाग दबाउनुहोस्

काठमाडौँ । धेरैलाई राति अबेरसम्म निन्द्रा लाग्दैन। निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन्। ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे।

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ । तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुहन्छ ।

Advertisement

-आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ।

-गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग। सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस्।

-नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ।

-पाइतालाको मध्यभाग। यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस्।

यी उपाय अपनाउनुभयो भने तपाईलाई छिट्टै निद्रा लाग्नेछ । र अनिद्राको समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ।

More News last news
Loading...