अनुहारका दाग-धब्बा तथा बिबिरा हटाउन चाहनुहुन्छ ? यो उपाय अपनाउनुहोस्

काठमाडौँ । चिसो मौसममा अनुहारमा चाया पोतो आउने, दाग तथा बिबिराहरू निस्कने, फुट्ने र अनुहार सुक्खा हुने जस्ता समस्या आइरहन्छन्। हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ।

यसको हेरचाह गर्न जानेमा जस्तोसुकै अवस्थामा पनि सुरक्षित राख्न सकिन्छ। घरमा पाइने सामग्रीबाटै हामीले उपयोगी फेसप्याक बनाउन सक्छौ।

Advertisement

चाहिने सामग्री

दुई चम्चा मुसुरोका दाल

एक चम्चा चामलको पिठो

दुई चम्चा गुलाबजल

एक चम्चा बेसारको धुलो

आवश्यकअनुसार ओटमिल

बनाउने तरिका

ओटमिल, मुसुरोको दाल र चामलको पिठोलाई मसिनो हुने गरी पिस्ने र मिसाउने। उक्त मिश्रणमा गुलाबजल र बसार मिसाएर राम्ररी फिट्ने।

आफ्नो अनुहार निकै सुक्खा र फुस्रो छ भने अलिकति काँचो दूध पनि मिसाउन सकिन्छ। तयार भएको यो पेस्टलाई करिब १० मिनेट छोपेर राख्ने।

प्रयोगका लागि फेसप्याक तयार भयो। विस्तारै मसाज गर्दै फेसप्याक अनुहारमा दल्ने। केहीबेर अनुहारमै सुक्न दिने।

फेसप्याक सुकेर कक्रक्क परेपछि पानीले भिजाउने र विस्तारै पुछ्ने। यसले अनुहारमा रहेका मृत कोषिकाहरू निस्किन्छन्। जसले गर्दा अनुहार उज्यालो र चम्किलो देखिन्छ।

More News last news
Loading...