काठमाडौँ । चिसोको कारण घाँटीमा समस्या हुन्छ । हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ ।
-धेरै मसलेदार भोजन धेरै सेवन गर्दा
-कब्जियतको कारण
-कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन
-गलामा टन्सिल हुँदा
यद्यपी जाडोमा भाइरल इन्फेक्सनले घाँटीमा इन्फेक्सन हुन्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि समस्या उत्पन्न हुन्छन्।
यदि हामीले केही सामान्य घरेलु उपायहरु पछ्यायौं भने यो समस्याबाट बाहिर निस्कन सक्छौं । संभव भएसम्म घाँटीको समस्याबाट राहत पाउनका लागि घरेलु उपचार खोज्नुपर्छ । नुन मिसाएर तातो पानीले कुल्ला गर्दा पनि सामान्यत घाँटीको दुखाई ठिक हुन्छ । त्यसबाहेक अन्य विधी पनि छन्, जसले घाँटीको दुखाईमा प्रभावकारी उपचारको काम गर्छ।
१. एक-एक चम्चा मह र कागतिको रस मिलाएर पिउनुपर्छ । २। तुलसीको ६ वा ७ पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनुपर्छ ।
३. एक गिलास पानीमा एक चम्चा नून हालेर उमाल्नुपर्छ । पानी मनतातो भएपछि यसले कुल्ला गर्नुस । बिहान र बेलुका यसो गरौं ।
४. एउटा फराकिलो भाँडोमा २ गिलास पानी उमाल्नुपर्छ । नीलगिरीको तेलको २ वा ३ थोपा हालेर वाफ लिनुपर्छ।
५. लसुनका ४-५ कल्लीलाई तावामा सेकेर खानुपर्छ ।
६. एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह हालेर पिउनुपर्छ ।
७. एक गिलास पानीमा दालचिनीको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह मिसाएर पिउनुपर्छ ।
८.मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि फाइदा हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
