काठमाडौँ । हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ। त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन्।
तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ।
आज हामी कसरी सही तरिकाले कसरी मेहेन्दी लगाउने भन्ने बारेमा जानकारी दिदैछौँ :
कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ ।
टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुँदैन्।
सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ।
त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ।
मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ।
त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो।
मेहन्दीको लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ।
मेहन्दी केश बाहेक छालामा लाग्ननदिन बेकामे तर सफा तौलियाले शरीर ढाक्नु पर्दछ।
मेहन्दी लगाउँदा ब्रसलाई बिस्तारै चगाए सबै तिर सहजै लगाउन सकिन्छ।
कपालमा मेहन्दी लगाइसकेपछि १५ देखि ३० मिनेटसम्म रहन दिनुपर्छ।
आवश्यक अवधीसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ।
दोस्रो पटक मात्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
