काठमाडौँ । आजभोलि खाना खाने समय तथा खानाले धेरैलाई असर पुर्याइरहेको छ। त्यसमाथि पनि युवा पुस्ताहरुलाई बाहिरको खाना भनेपछि जति बेला पनि खाइरहेका हुन्छन्।
खराव जीवनशैलिको कारण सानो उमेरमै उच्च रक्तचाप तथा सुगरको समस्याबाट ग्रसित युवाहरु बढिरहेका छन् । साथै सानो उमेरमा किड्नी प्रत्यारोपणसम्म गर्नुपर्ने समस्या आइरहेको छ। आज हामी तपाईलाई मृगौला जोगाउने केही उपायका बारेमा जानकारी दिदैछौँः
पिसाव नरोक्नुहोस्ः यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।
नून बढी नखानुहोस्ः खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।
पानी धेरै पिउनेः तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।
गुलियो कम खानेः यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।
पोषणको अभावः शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन र म्याग्नेसियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।
मासु बढी नखानेः मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।
प्रसस्त सुत्नुहोस्ः रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ। यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ।
चिया कफी बढी नपिउनुहोस्ः चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।
जाँड रक्सीबाट टाढा रहनुहोस्ः अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
