यस्ता व्यक्तिलाई धेरै हुन्छ पत्थरीको समस्या, यस्तो छ उपचार विधी

काठमाडौँ । केही समयदेखि नेपालीको पित्तथैलीमा पत्थरीको समस्या अत्यधिक रूपमा देखिन थालेको छ। संसारकै कुरा गर्दा सबैभन्दा धेरै अप्रेसन नै पित्तथैलीको हुने गरेको छ। तर, समस्या के भने पित्तथैलीमा समस्या भएको लक्षण मानिसले थाहा पाउन सक्दैनन्। यसका कारण अत्यधिक रूपमा पेट दुख्ने गर्दछ।

अत्यधिक मोटोपन भएका मानिसलाई पत्थरीको समस्या हुन सक्छ। शरीरको तौल एक्कासि घटेमा पनि पत्थरीको समस्या हुन सक्छ।

Advertisement

मधुमेह आफैँमा रोग हो। तर, मधुमेह भएका व्यक्ति पत्थरीको पनि उच्च जोखिममा हुन्छन्। निरन्तर खाली पेट बस्नु पनि पत्थरीका लागि टेवा पु-याउनु हो।

रक्तअल्पता छ भने पनि पित्तथैली जाँच गराउनुपर्छ। यस्ता व्यक्तिलाई पत्थरी हुने सम्भावना हुन्छ। गर्भनिरोधक चक्कीको बढी प्रयोग गर्नेलाई पनि पत्थरी हुन सक्छ।

यसरी थाहा पाउनुहोस्
पत्थरी भएमा दाहिने र माथिल्लो पेट दुख्ने गर्दछ। कहिलेकाहीँ यस्तो दुखाइ दाहिने पाखुरा वा ढाडतिर सर्न सक्छ । यस्तो दुखाइ चिल्लो खानेकुराको प्रयोगपछि अझ बढ्ने गर्दछ। पत्थरीको दुखाइ भने २४ घन्टाभित्रै निको हुन्छ र फेरि दुख्न थाल्छ । समस्या जटिल बन्दै गएमा भने दैनिकजसो दुख्न थाल्छ।

पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स हुने, फुलेजस्तो अनुभूति हुने, अपच हुने, अस्वाभाविक रूपमा डकार आउने पनि हो ।

उपचार विधि
पत्थरी भएपछि अप्रेसन गरेर पत्थरी फाल्नु नै एक मात्र विकल्प हो। त्यसैले पित्तथैलीमा पत्थरी हुन नदिन पहिले नै सचेत हुन जरुरी हुन्छ।

ल्याप्रोस्कोपी गरेर पित्तको पत्थरी निकाल्ने काम गरिन्छ। पित्तथैलीको अप्रेसनपछि भने छोटो समयमै दुखाइ कम हुने, हिँडडुल गर्न सक्ने हुन्छ। अप्रेसन गरेको ४ देखि ६ घन्टामै मानिस हिँडडुल गर्न सक्ने हुन्छ।

More News last news
Loading...