काठमाडौँ । जीवनमा स्वस्थ रहन चाहनु हरेक मानिसको चाहना हुन्छ। तर पछिल्लो समय व्यस्त तथा विलासी जीवन शैलीका कारण मानिस स्वस्थ हुनसकेका छैनन्।
हामीले यस्ता धेरै गल्ती गर्दै आएका छौँ, जसले हाम्रो स्वास्थ्यमा खतरा पैदा गरिरहेको छ। आज हामी तपाईलाई स्वस्थ्य बन्न तथा हृदयलाई स्वस्थ्य राख्नका लागि केही गर्न नहुने गल्तीका बारेमा जानकारी दिदैछौँ। यदी तपाई यस्ता बानीलाई आजैदेखि छोड्नुभयो भने तपाईलाई हृदय घातको खतरा कम हुनुका साथै शरीर पनि फिट रहन्छ।
आउनुहोस् जानौँ कुन-कुन हुन् ती बानी ?
पूरै दिन आराम गरेर वा बसेर दिन नविताउनुहोस्। यसो गर्दा हृदयमा रोकावट आउने सम्भावना अधिक हुने गर्छ। दिनमा कमसेकम एक पटक दौडिनु राम्रो हुन्छ।
तपाईको शरीरमा अनिद्राको समस्या हुनु हुँदैन्। अनिद्रोको कमीले पनि हार्ट अट्याकको खतरा बढाउने गर्छ।
वायु प्रदूषण धेरै बस्ने मानिसमा पनि हार्ट अट्याकको खतरा उच्च हुने गर्छ। प्रदूषण वातावरणका कारण हृदयमा समस्या देखिनुका साथसाथ शरीरमा पनि विभिन्न रोग देखिन थाल्छन्।
धेरै नुनिलो वा धेरै गुलियो चिजको सेवन नगर्नुहोस्। यसको प्रत्यक्ष प्रभाव हृदयमा पर्ने गर्दछ। जसका कारण हार्ट अट्याकको खतरा उच्च हुन्छ।
तेलमा तारेका, भुटेका वा धेरै फ्याटवाला खानेकुरा, जंक फुट, ड्रिंकको सेवन नगर्नुहोस्। यस्ता खानाले चाँदै हार्ट अट्याकको खतरा उच्च गराउँछ।
बिहानी बेलुकी टेन्सन लिने तथा डिप्रेशनमा रहने व्यक्तिलाई पनि हृदय घातको जोखिम उच्च हुन्छ। त्यसैले सधैँ टेन्सन फ्रि रहनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
