के तपाईलाई मांशपेशी दुखाईको समस्या छ ? हुन सक्छन् यी ७ रोगका लक्षण

काठमाडौँ । समान्यतया, दिनभरीको भागदौड तथा थकानका कारण मांशपेसी दुःख्ने हुनु स्वाभाविक हो। तर, यदि यस्तो दुखाई लामो समयसम्म रहिरहन्छ भने यस्तो हुनु कुनै जटिल स्वास्थ्यसम्बन्धि समस्या हुनसक्छ । जान्नुहोस्, लगातार मांसपेशी दुखाईले यी सात रोगको संकेत गर्छ।

मधुमेह (चिनी रोग): शरीरमा ‘इन्सुलिन’ नामक तत्वको असन्तुलनले मधुमेह रोग लाग्ने गर्दछ। लगातार मांसपेशी दुःख्छ भने मधुमेह रोगको संकेत हुन सक्छ।

Advertisement

मलेरियाः मलेरिया वा भाइरसको संक्रमण शरीरमा भएमा पनि मांशपेसी बेस्सरी दुख्ने गर्दछ।

गठियाः गठियाको समस्याका कारण शरीरमा रक्तसंचार प्रणाली बिग्रन्छ र मांशपेसीको दुखाईको महसुश हुन्छ। त्यसैले, मांसपेशी दुखाईले गठिया रोगको संकेत पनि दिइरहेको हुन्छ।

तनावः हाम्रो शरीरमा ‘कार्टिसोल’ नामक हर्मोन बृद्धिले तनाव बढ्ने हुन्छ। यसका साथै मांशपेसीमा पनि दुखाई बढ्दै जान्छ।

प्रोटिनको कमीः प्रोटिनको कमीले पनि मांशपेसी कमजोर भई दुखाई हुने गर्दछ।

डिहाइड्रेसनः शरीरमा पानीको कमी भएमा मांशपेशी खुम्चन थाल्छ। यसले मांशपेसीमा दुखाई हुन्छ।

फ्लूः फ्लूका कारण पनि शरीरमा रत्तmसंचार प्रक्रिया बिग्रने भई मांशपेसीमा दुखाई अनुभव हु्न्छ।

More News last news
Loading...