काठमाडौँ । आज शनिबार चक्रपथ सरसफाइ अभियानको २०१ औँ साता पूरा भएको छ । वैज्ञानिक डा. महावीर पुनको प्रमूख आतिथ्यतामा आजको सरसफाइ अभियान सञ्चालन भएको थियो । सरसफाइ कार्यक्रममा नियमित सरसफाई अभियन्ता, नेपाल प्रहरी, नेपाली सेना र केही स्थानीयवासीको सहभागिता रहेको थियो ।

सीतापाइला चोकबाट सुरु भएको सरसफाई कार्यक्रम स्वयम्भू चोक नजिकै पुगेर सम्पन्न भएको छ ।
सरसफाइ कार्यक्रम लाखौँ सातासम्म चलोस् : प्रमूख अतिथि पुन
सरसफाई कार्यक्रममा बोल्दै प्रमूख अतिथि डा. महावीर पुनले निस्वार्थ भावले सञ्चालित सरसफाइ कार्यक्रम हजारौँ लाखौँ सातासम्म चलोस् भन्दै शुभकामना दिएका छन् । एउटा सामाजिक संस्थाको अभियानमा यति लामो समयसम्म चक्रपथ सरसफाइ अभियान चलेको भन्दै अभियानका संयोजक तथा अभियन्ताहरुको प्रशंसा गरेका थिए।

पुनले चक्रपथ सरसफाइ अभियान सचेतनामुलक अभियान भएकाले आफुँ निसंकोच सहभागी भएको बताउँदै यस अभियानमा स्थानीयवासी अनिवार्यरुपमा सहभागी हुनुपर्ने बताए।

कार्यक्रममा संयोजक समाजसेवी तारा बहादुर कुँवरले सरसफाइ अभियानले डा. महावीर पुन जस्तो व्यक्तिको साथ पाउनु ठूलो खूशीको कुरा भएको बताउँदै प्रमूख अतिथि पुनलाई सम्मान गरेका थिए। यस्तै, सो अभियानमा जोडिएका यस मिडियाका सम्पादक अमृत पौडेललाई डा. महावीर पुनको हातबाट सम्मान गरिएको थियो ।





















![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
