काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिवार एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए।
बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २७ गते शुक्रवार वस्ने भनिएको बैठक, २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
