काठमाडौँ । हाम्रो शरीरमा किड्नी अर्थात मृगौलाले रगत सफा गर्ने काम मात्र गर्दैन, पानीको सहीस्तर कायम राख्ने र हर्मोन स्रावित गर्ने काममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
त्यसैले मानव शरीरका लागि किड्नीको महत्वपूर्ण स्थान छ। त्यसैले यसलाई स्वस्थ राख्नु जरुरी छ। त्यसका लागि यो आठ कुरामा ध्यान दिनु आवश्यक छः
मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन । डाक्टर अबरार मुल्तानीले यस्तै ६ संकेतका बारेमा बताएका छन्ः
संकेत
अनुहार सुन्निनु
अनुहार, पेट र खुट्टा सुन्निनु मृगौला रोगमा प्राय देखिने लक्षण हुन् । मृगौला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखा मुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मृगौलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो । तर के कुरा ध्यानमा राख्नु पर्छ भने सुन्निदैमा मृगौलाले काम गर्न छोड्ने चाँहि होइन ।
केही खास मृगौला रोगमा, मृगौलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।
अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु
अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मृगौलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मृगौलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।
उच्च रक्तचाप
मृगौलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर ९३० वर्षभन्दा कम०मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मृगौला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मृगौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।
रक्तअल्पता र कमजोरी
कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मृगौलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मृगौला रोगबारे जाँच गर्नुुपर्छ ।
अन्य लक्षणहरू
ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मृगौला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मृगौलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्
पिसाब सम्बन्धी समस्या
पिसाब सम्बन्धी आम समस्या निम्न किसिमका हुन्छन्ः
धेरै खाले मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुन सक्दछ ।
पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या मुत्रनलीमा भएको संक्रमणका लक्षण हुन् ।
पिसाब फेर्न कठिनाई हुनु या त पिसाबको धारा सानो हुनु मुत्रप्रणालीको खराबीले हुन्छ ।
कुनै मानिसमा माथि उल्लेख गरिएका केही लक्षण र संकेत देखिए भने चिकित्सकसँग परामर्श लिई रगत, पिसाब वा अन्य परीक्षण गराएर मृगौला रोग वा अन्य कुनै रोग लागेको छ छैन भन्ने कुरा स्पष्ट हुनु आवश्यक हुन्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ ।
सक्रिय रहनुस्
जब तपाई दैनिक जीवनमा सक्रिय रहनु हुन्छ तब ब्लड प्रेसर नियन्त्रित रहन्छ । र, तपाई मधुमेहजस्ता रोगको टपेटमा आउनबाट पनि बच्न सक्नु हुन्छ । करिब ३० प्रतिशत घटनामा मृगौला फेल हुनुको कारण मधुमेह पाइएको छ।
मधुमेहको स्तर
रगतमा ग्लुकोजको स्तर बढ्नुले मधेमेह जस्ता रोगको खतरा त बढ्छ नै, यसबाट किड्नीका आन्तरिक नलिकाहरु पनि नष्ट हुन सक्दछ। यी नलिकाहरुमा हानी पुग्दा त्यसले रक्तप्रवाहलाई राम्रोसँग फिल्टर गर्न सक्दैन ।
ब्लड प्रेसर बढ्न नदिनुस्
उच्च रक्तचाप किड्नी फेल हुनुको अर्को मुख्य आम कारण हो । उच्च रक्तचापबाट पनि रक्त नलिकाहरुको भित्तामा हानी पुग्दछ । स्वस्थ मृगौलाका लागि रक्तचाप पनि १४०/९० एमएमएचजीभन्दा बढी हुनु हुँदैन।
स्वस्थ आहार
खानपानको महत्वलाई कसरी पो नजरअन्दाज गर्न सकिन्छ। फलफूल, सागपात र फाइबरयुक्त खानेकुराबाट तौलका साथसाथै किड्नीको स्वास्थ्य पनि राम्रो रहन्छ। खानामा नुनको मात्रालाई पनि कमभन्दा कम गर्ने कोशिस गर्नु जरुरी छ।
तरल पदार्थ लाभदायी
शरीरबाट हानिकारक पदार्थलाई बाहिर निकाल्नका लागि किड्नीलाई तरल पदार्थको माध्यम आवश्यक हुन्छ । दिनमा कम्तीमा पनि डेढदेखि दुई लिटर पानी पिउनु आवश्यक छ। र, शारीरिक रुपले बढी सक्रिय रहनेहरुले योभन्दा बढी पानी पिउनु जरुरी छ। यही जसले डायलासिस गराउने गरेका छन्, उनीहरुले कम पानी आवश्यक हुन्छ ।
चुरोट बन्द
रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठुलो हात हुन्छ । यसका कारण रगत राम्रोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौ प्रकारका फाइदा हुन्छन्,जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौ ।
पेनमिलर औषधि सेवनमा रोक
यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ। यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ । यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।
वर्षेनी मृगौला जाँच
हरेक वर्ष कमसेकम एकपटक आफ्नो मृगौलाको स्वास्थ्यमा ध्यान दिनुस् । विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा व्यक्ति वा मोटोपन, मधुमेह, उच्च रक्तचाप र परिवारमा कसैको किड्नी फेल भएको वंशानुगत रोग छ भने झनै नियमित जाँच जरुरी मानिन्छ।
किड्नी फेल भएको प्रारम्भिक लक्षणहरु साधारण रगत जाँच वा पिसाव जाँच गरेर थाहा पाउन सकिन्छ, बेलैमा रोग पत्ता लागेको खण्डमा उपचार पनि सफल हुन सक्दछ । त्यसैले तपाई पनि आफ्नो किड्नीको स्वास्थ्यबारे सधैं सचेत रहने गर्नुस्।
उपचार विधि
मृगौला फेल भएपछि दुई प्रकारले यसको उपचार गर्न सकिन्छ । एउटा मृगौला प्रत्यारोपण र अर्को डायलोसिस । तर, डायलोसिस भने अल्पकालीन उपचार मात्र हो । त्यसैले मृगौला बिग्रेपछि प्रत्यारोपणमा नै केन्द्रित हुन जरुरी हुन्छ ।
मृगौला चरण–चरणमा बिग्रँदै जाने समस्या हुन्छ । मृगौलामा दुई प्रकारका समस्या देखा पर्छन् । एउटा समस्या उपचारपछि निको हुन्छ भने अर्को चाहिँ उपचारपछि पनि निको हुन सक्दैन । त्यस्तो अवस्थामा मानिसमा प्रत्यारोपणको विकल्प हुँदैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
