‘पिसाब गर्दा’ भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र पछुताउनु पर्ला

काठमाडौँ । हतार हुँदा ‘पिसाब’ रोकेर काम गर्ने धेरैको बानी हुन्छ । ‘एकैछिन त हो नि के फरक पर्ला र ? ’ भन्दै धेरैले पिसाब रोकेर अरू काम गर्छन्।

विशेषगरी नेपालमा उपयुक्त ठाउँको अभावमा धेरै महिला ‘पिसाब’ रोक्न बाध्य छन् । तर ‘पिसाब’ रोकेर गरिने हेलचेक्र्याइँ जीवनभरका लागि पीडा बन्न सक्छ । यसतर्फ चिकित्सकले सावधान रहन सुझाएका छन् ।

Advertisement

चिकित्सकका अनुसार समयमै ‘पिसाब’ गरिएन भने वा महसुस गरेको दुई मिनेटभित्र फेरिएन भने त्यसले स्वास्थ्यमा घातक असर गर्छ । युरोलोजोस्ट डा भोलाराज जोशीका अनुसार जति धेरै समय पिसाब रोकेर राखिन्छ ‘पिसाब’ थैलीमा उति नै बढी ब्याक्टेरिया विकसित हुन्छ।

यसले स्वास्थ्यलाई घातक असर पार्छ। तरल पदार्थको उपभोग, शरीरमा त्यसको जम्मा हुने मात्रा र ‘पिसाबथैली’को कार्यक्षमता अनुसार पिसाब रोकाइको असर पर्ने हो।

‘पिसाबथैली’ भरिनेबित्तिकै स्नायु प्रणालीले त्यसको संकेत मस्तिष्कमा पुर्‍याउने र पिसाब फेर्न मन लाग्ने हुन्छ। त्यस्तो प्रक्रियामा ‘पिसाब’ लामो समय रोकियो भने विभिन्न संक्रामक रोग लाग्न थाल्छ।

महिला र बालबालिमा समस्या
चिकित्सकका अनुसार लामो समय ‘पिसाब’ रोक्नाले महिला र बालबालिकाको स्वास्थ्यमा धेरै समस्या देखिन थालेको छ। ‘पिसाब’ रोक्ने बानीले सुरुमा ‘पिसाब थैली’मा पीडा हुन्छ। लामो समय त्यस्तै बानी पर्‍यो भने मिर्गौलामै असर पर्न थाल्छ।

‘पिसाब’ मिर्गौलाबाट ‘पिसाब थैली’मा जम्मा भइरहेको हुन्छ। फेर्न चार मिनेटसम्म पनि ढिला गर्‍यो भने ‘पिसाब’ फेरि मिर्गौलामै फर्कन थाल्छ। त्यस्तो ‘पिसाब’मा युरिया र अमिनोएसिडजस्ता हानिकारक तत्व हुने भएकाले पत्थरी हुने सम्भावना हुन्छ।

कतिपयले ‘पिसाब’ गर्दागर्दै बीचमै रोक्ने गर्छन् । बालबालिकामा त्यस्तो बानी धेरै हुन्छ । फेर्दाफेर्दै ‘पिसाब ‘रोक्नाले मूत्रमार्ग संक्रमण हुने खतरा बढी हुने युरोलोजिस्ट डा अर्जुनदेव भट्ट बताउँछन् । यो समस्या धेरै महिला र बालबालिकामा हुने गरेको छ ।

कतिपय महिलाको योनीमा दुखाइ हुन्छ । जुन ‘पिसाब’ रोक्ने बानीका कारण उब्जिएको समस्या पनि हुन सक्छ । डा भट्टका अनुसार ‘पिसाब’ रोक्ने बानीका कारण ‘पिसाब थैली’ सुन्निने र त्यहाँ पीडा हुने गर्छ ।

छिटोछिटो ‘पिसाब’ लाग्ने तर थोरै आउने समस्या पनि यही कारणले उब्जिएको हुन सक्ने चिकित्सक बताउँछन् । त्यस्तो बेला पर्याप्त पानी पिउने, पिसाब लाग्नासाथ फेर्ने र समस्या समाधान नभए तत्कालै चिकित्सकलाई देखाउने गर्नुपर्छ ।

‘पिसाब’ रोक्ने गरिरह्यो भने मिर्गौला काम नलाग्ने अवस्थामा पुग्छ । जोन हप्किन्स मेडिसिनको एक अध्ययनअनुसार पिसाब रोक्ने बानीका कारण युरिया तथा क्रियटिनिन बाहिर निस्कन नपाउँदा रगतमा फैलिएर अनेकौं समस्या सिर्जना हुन्छ ।

रोकेर एकैपपटक ‘पिसाब’ फेर्नाले ‘पिसाब थैली’को मांसपेशीसमेत कमजोर हुन्छ । अध्ययनमा भनिएको छ, ‘पिसाब रोकेर राख्नु वा फेर्दा फेर्दै रोक्नुले ‘पिसाब’ले नै मानव शरीरमा अनेक संक्रमण सिर्जना गर्छ । पिसाब पोल्ने पनि पिसाब समयमै नफेर्ने बानीका कारण उब्जिएको हुन्छ । शरीरमा रहेका अनावश्यक तत्व ‘पिसाब’का माध्यमबाट बाहिर निस्किन्छन् ।

कति बन्छ पिसाब ?
एक दिनमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि दुई हजार मिलिलिटर पिसाब बन्छ । तर पानी कम खाने वा धेरै खानेहरूमा यो परिमाणमा केही तलमाथि हुन सक्ने चिकित्सकको भनाइ छ ।

स्वस्थ मानिसको ‘पिसाब थैली’को क्षमता दुई सय देखि तीन सय मिलिलिटरसम्मको हुन्छ । ‘पिसाबथैली’ भरिनेबित्तिकै मानिसलाई ‘पिसाब फेर्न’ मन लाग्छ । औसतमा १५ सय एमएल ‘पिसाब’ निस्कने मानिसले दैनिक पाँचपटक ‘पिसाब’ फेर्नुपर्ने हुन्छ । त्योभन्दा धेरै वा कम ‘पिसाब’ हुन्छ भने स्वास्थ्यका लागि समस्या हुन सक्छ ।

More News last news
Loading...