काठमाडौँ । यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक सागर पण्डित सम्मानित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमबीच सम्पादक पण्डितलाई पुरस्कार प्रदान गरेका हुन्।
पण्डित विगत साँढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। यो पुरस्कारको राशि ४० हजार रुपैयाँ छ।
यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष–सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ।
नेकपा एमालेका तत्कालिन पूर्वमहासचिव स्व. मदन भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ। गुरागाईं विगत तीन दशक अघिदेखि पत्रकारितामा सक्रिय छन्।
तारिणीप्रसाद स्मृति पत्रकारिता पुरस्कार लम्साल र सुवेदीलाई
प्रधानमन्त्री ओलीले यो वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक शालिक सुवेदीलाई संयुक्त रुपमा प्रदान गरेका छन्। यो पुरस्कारको राशि ५० हजार रहेको छ ।
यसैगरी, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ। वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन्।
त्यस्तै, यो वर्षको सहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका राजनीतिक ब्युरो–चिफ बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ। अधिकारी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। अधिकारीलाई दिइएको पुरस्कारको राशि २५ हजार छ।
यसैगरी यो वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी वरिष्ठ उप–सम्पादक बिनु सुवेदीलाई प्रदान गरिएको छ। सुवेदी विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छिन्। सुवेदीलाई दिइने पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेलाई प्रदान गरिएको छ। कालिकोटे विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनलाई दिइएको यो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।
त्यस्तै, यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबिसी टेलिभिजनका उप–सम्पादक अनन्त अनुरागलाई प्रदान गरिएको छ। अनुरागलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ छ। अनुराग विगत डेढ दशक भन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन्।
यस्तै, यो वर्षको उत्कृष्ट युवापत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका उप–सम्पादक जीवन भण्डारी, डिसी नेपाल डटकमका सह–सम्पादक मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका उपसम्पादक दिपक अर्याललाई प्रदान गरिएको छ।
यसैगरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, दामन पोष्ट साप्ताहिकका सम्पादक सन्तराम विडारी, नेपाल पुकार टेलिभिजनका सञ्चालक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामेरा पर्सन देवआनन्द शिल्पकार, सरोकार टेलिभजन तथा हिमालय टेलिभ्वाइसका क्यामेरा म्यान दुर्लभ थापा मगरलाई प्रधानमन्त्री ओलीले उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्।
प्रधानमन्त्री ओलीले डेमेक्रेसी खबर साप्ताहिकका सम्पादक गणेश खड्का, न्यूज फिल्मी डटकमका कार्यक्रम प्रस्तोता अनुप भट्टराई, रमाइलो छ का प्रबन्ध निर्देशक उत्सव रसाइली, क्यानडा नेपाल डटकमका सम्पादक रौनक निरौला र प्राइम टाइम टेलिभिजनका पर्सा संवाददाता श्रीकान्त गुप्तालाई प्रधानमन्त्री ओलीले युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन्।
यसैगरी, रिपोर्टर्स क्लब नेपालको प्रदेश शाखामा रहेर उत्कृष्ट भूमिका निर्वाह गर्ने क्लबका लुम्बनी प्रदेश संयोजक रामकुमार क्षेत्रीलाई सम्मान गरिएको छ।
समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नेहरु वरिष्ठ पत्रकार श्रीमाधव शर्मा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा, वरिष्ठ सञ्चारकर्मी निर्जल श्रेष्ठ, बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, शिक्षासेवी मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघ संस्थापक अध्यक्ष ताराबहादुर कुँवर, समाजसेवी ढाकाराम बि एम, वरिष्ठ फिटनेस ट्रेनर प्रकाश केसीलाई प्रधानमन्त्री ओलीले विशेष सम्मान प्रदान गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
